Harsamaya
नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन आज
नेपाल जेसीजको पत्रकार सम्मेलन ।

जनकपुर - नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन हुँदैछ ।  

महाधिवेशनको उद्घाटन कार्यक्रम शुक्रबार जनकपुरधामको तिरहुतीया गाछीमा बनाइएको भव्य कार्यक्रम स्थलमा हुने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रजनी थापाले बताइन् ।

उनले चार दिनसम्म हुने कार्यक्रममा मेचीदेखि महाकालीसम्ममा रहेका जेसीजको १७४ शाखाका पाँचहजार भन्दा बढी अतिथिहरुको उपस्थिती रह्ने जानकारी दिइन् ।

यस महाधिवेशनको मुख्य केन्द्र बिन्दुको रुपमा जेसीजका अन्तर्राष्ट्रिय भाईस प्रेसिडेन्ट जापानका सुजुकी आउन लागेको थापाले जानकारी दिइन् । उनले महाधिवेशनमा नेतृत्व चयन बाहेक पनि अन्य थुप्रै कुराको छलफल, अन्तरक्रिया, तालिमलगायतका कुराहरु राखिएको बताइन ।

उनले सार्क ट्यांक नेपालका पदाधिकारी पनि महाधिवेशनमा आउने र लगानी, व्यापार व्यवसायी, उत्पादन, नाफाका कुराहरुबारे जानकारी प्रशिक्षण दिने जानकारी दिइन् । जनकपुरधाममा जेसीजले पाँचौ पटक अधिवेशन गर्न लागेको हो । यसअघि जनकपुर जेसीजले चार पटक महाधिवेशन जनकपुरधाममा सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update