जेनजी आन्दोलनमा लुटिएका हतियार र गोली रतुवा खोलाबाट बरामद
काठमाडौं- झापाको दमक नगरपालिका वडा नम्बर १ स्थित बुद्ध टोलबाट ठूलो परिमाणमा हातहतियार तथा गोली बरामद भएको छ । आज स्थानीयले रतुवा खोला किनारको काँसघारीमा बेवारिसे अवस्थामा हतियार देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमान्डमा खटिएको टोलीले घटनास्थल पुगेर खानतलासी गरेको थियो ।
सो क्रममा खिया लागेको अवस्थामा तीन थान इन्सास राइफल र विभिन्न प्रकारका १६० थानभन्दा बढी गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको अभिलेखअनुसार फेला परेका हतियार गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय दमकबाटै लुटेर लगेका थिए ।
फेला परेका हतियार र गोली इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२ २२:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

