Harsamaya
लामिछानेलाई धरौटीमा छाड्ने न्यायाधीशलाई निलम्बनको माग गर्दै सफलले हाले न्याय परिषदमा निवेदन
फाइल फोटोः हर समय/harsamaya

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश गर्ने २ न्यायाधीशलाई निलम्बनको माग गर्दै न्याय परिषद सचिवालयमा निवेदन परेको छ ।

अभियन्ता युवराज सफलले शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेललाई तत्काल निलम्बन गरी उक्त मुद्दासम्बन्धी सम्पूर्ण मिसिल झिकाएर आवश्यक कारबाही गर्न माग गर्दै सचिवालयमा निवेदन दिएका हुन् । 

अदालतले तोकेको धरौटी रकम बुझाएर लामिछाने आजै रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार रविसँग बिगोबापत जमानत लिएर रिहा गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update