Harsamaya
देशभरको मौसम सफा रहने
प्रतिकात्मक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रही अन्य भूभागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिममा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ । दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  

राती सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update