कैदी भाग्न खोजेपछि मोरङ जिल्ला कारागारमा तनाव, १५ राउण्ड हवाई फायर
बुधबार, भदौ २५, २०८२
कैदी बन्दी छुटाउनु पर्ने मागसहित एउटा समूह पुगेपछि कारागारबाट कैदी बन्दीहरूले पनि भाग्ने प्रयास गरेका थिए । भीडलाई तितरबितर बनाउन प्रहरीले १५ राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ
देउवा र उनकी धर्मपत्नी डा.आरजु देउवामाथिको कुटपिटको देउवा समाजद्धारा निन्दा
बुधबार, भदौ २५, २०८२
देउवा सेवा समाज धनगढीले विज्ञप्ति जारी गर्दै शेरबहादुर देउवा जीवनभर प्रजातन्त्रका लागि समर्पित व्यक्ति भएको भन्दै उनीमाथिको आक्रमणलाई आपराधिक मानसिकता बोकेको समूहको कार्यको संज्ञा दिएको छ
पुस्ताकै न्याय मर्यो, आस्थाको शिर ढल्यो भन्दै अधिवक्ताहरू आक्रोशित
बुधबार, भदौ २५, २०८२
सर्वोच्च अदालत अन्तिम न्याय दिने संस्था हो । अब त्यो भग्नावशेष अवस्थामा पुगेको छ । हाम्रो पुस्तालाई अँध्यारोतर्फ धकेलिएको छ ।
ट्राफिक प्रहरी महाशाखाका सम्पूर्ण सामग्री आन्दोलनकारीबाट चोरी
बुधबार, भदौ २५, २०८२
बुधबार एक प्रहरीले कार्यालयमा रहेको मोटर बाइक, ल्यापटप, खाद्यान्नलगायतका सम्पूर्ण सामग्री चोरी भएको बताए ।
नेपालभरका बिमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन
बुधबार, भदौ २५, २०८२
प्राधिकरणले आज सूचना जारी गर्दै सुरक्षाको अवस्था सामान्य नहुँदासम्म सबै बिमा कम्पनी तथा तिनका शाखा र उपशाखा कार्यालयहरूलाई वर्क फ्रम होम (घरबाट कार्य सञ्चालन) को व्यवस्था मिलाउन अनुरोध गरेको हो ।
राष्ट्रसंघका महासचिव भन्छन् : नेपालको अवस्थाबारे चिन्तित छु
बुधबार, भदौ २५, २०८२
नेपालको पछिल्लो अवस्था नियालिरहेको बताएका उनले हिंसालाई थप बढ्नबाट रोक्न संमय अपनाउन र संवाद गर्न अनुरोध गरेका छन् ।
अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो
बुधबार, भदौ २५, २०८२
प्रदर्शनकारीहरुले नेता बस्नेतलगायत विभिन्न मन्त्री तथा सांसदहरुको कार्यालय र निजी निवासमा आगजनी र तोड्फोड गरेका थिए ।
देशभर निषेधाज्ञा र कर्फ्यु
बुधबार, भदौ २५, २०८२
नेपाली सेनाले देशभर कर्फ्यु आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यु आदेश जारी भएको सेनाले जनाएको छ ।
अझै निभेन हिल्टनको आगो
बुधबार, भदौ २५, २०८२
नक्सालस्थित हिल्टन होटलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
नख्खु कारागार खाली, निस्किए सबै कैदी
बुधबार, भदौ २५, २०८२
ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, अहिले कारागार पूरै खाली भएको छ । ‘कोही पनि कैदी अहिले कारागारमा छैनन्,’ अधिकारीले भने ।
जुम्ला कारागारबाट ३६ कैदी फरार, खोजी कार्य जारी
बुधबार, भदौ २५, २०८२
प्रहरीका अनुसार ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि कुटपिट गरी कैदीहरू फरार भएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार कैदीहरू योजनाबद्ध रूपमा भागेका हुनसक्ने आशङ्का गरिएको छ। घटनापछि स्थानीय सुरक्षाकर्मीहरूले खोजी अभियान तीव्र पारेका छन्।
अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली सेनाको आग्रह
बुधबार, भदौ २५, २०८२
गत दुई दिनको जेनजीहरुको आन्दोलनले जनधन तथा भौतिक संरचनाको क्षती भएसँगै हाल काठमाडौंका विभिन्न सडकमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।
सर्वोच्च अदालतका प्रवक्ताको अपिल: एनेक्स भवन भए पनि जोगाऊँ, इतिहास रहन्थ्यो
बुधबार, भदौ २५, २०८२
त्यसलाई जोगाउन पाए इतिहास रहन्थ्यो,’ उनले भने, ‘अहिलेसम्म सुरक्षित नै छ। सम्पादन शाखामा भएका किताबहरूमा आगो लागिरहेको छ। ’ चौथो तलामा रहेको सूचना प्रविधि महाशाखा प्रधानन्यालयका केही फैसलाहरू जलेको उनले बताए।
साताको लोकप्रिय

