Harsamaya
तातोपानीमा सशस्त्र प्रहरीले राख्यो आगन्तुकको लागी शुद्ध खानेपानी युरो गार्ड

सिन्धुपाल्चोक- सशस्त्र प्रहरी बल नेपालले सीमा नाका तातोपानीमा आगन्तुकको लागी शुद्ध खानेपानी युरो गार्डको व्यवस्थापन गरेको छ ।

आइतबार तातोपानीको लिपिङमा यात्रु शाखासँगै रहेको अध्यागमन कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेक्का सिन्धुपाल्चोकले २५ औँ स्थापना दिवसको अवसरमा खानेपानीको लागी युरो गार्ड राखेको हो ।

नेपाल चीन सीमा नाकाबाट नेपाल आउने र जाने पर्यटक तथा स्थानीयलाई समेत सहयोग पुग्ने उद्देश्य खानेपानीको लागि युरो गार्डको व्यवस्थापन गरेको गणका गणपति अच्युत मजगैयाले बताए । सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापना दिवसमा हरेक वर्ष सामाजिक काम कार्य गर्दै आएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेक्का सिन्धुपाल्चोकका गणपति अच्युत मजगैयाले भने, हामी आफ्नो स्थापना दिवसमा नागरिकहरूलाई सहयोग पुग्ने खालको सामाजिक कार्य गर्दै आएका छौ, नेपाल चीन सीमा नाकाबाट आउने आन्तरिक तथा बाह्य पर्यटक तथा सीमा नाका आवतजावत गर्ने स्थानीयलाई समेत सहयोग पुग्ने उद्देश्यले हामी ले यस पटक खानेपानी युरो गार्डको व्यवस्थापन गरेको बताए ।

4-1768752050.jpg
त्यस्तै तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुडालले सीमा नाकामा खानेपानीको लागि युरोगार्ड्को व्यवस्थाले स्थानीय तथा आगन्तुकहरु लाई खानेपानीको लागी सहज हुन्छ यस्तो खालको सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश जाने बताए ।

‘हामीले समाजलाई प्रत्यक्ष फाइदा पुग्ने काम गर्नु पर्छ, सशस्त्र प्रहरी बल नेपाल भन्सार कार्यालय र सीमा सुरक्षाको दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ आजको सामाजिक कार्यले स्थानीयमा सकारात्मक सन्देश जानेछ‚’ प्रमुख भन्सार अधिकृत चुडालले भने।

5-1768752051.jpg
सशस्त्र प्रहरी बलले प्राकृतिक विपत्तिमा नागरिकको उद्धार मा सहयोग गर्दै आएको छ । राज्यको सरकारी निकायले गरेको कामले स्थानीयमा राम्रो सन्देश जाने काम गर्दा स्थानीयमा सकारात्मक सोचको विकास हुने भोटेकोसी गाउँपालिका २ का अध्यक्ष कुमार श्रेष्ठले बताए । यस अघि नाकाबाट आवतजावत गर्ने पर्यटकहरूको लागी सीमामा यात्रु शाखाको व्यवस्थापन गरेको थियो ।

6-1768752052.jpg
 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update