Harsamaya
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमालका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- आज दिउँसो तराईको भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहने जल तथा मौसम विज्ञान विभाग‚ मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाले जारी गरेको विज्ञप्ती अनुसार आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । 

महाशाखाका अनुसार रातको समयमा भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update