धरान उपमहानगरपालिकामा बस दुर्घटना अपडेट: ५ जनाको मृत्यु, १३ घाइते
काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्टमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।
बस पश्चिमपट्टिको न्यू सबा मेडिकल हलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । उनका अनुसार मृत्यु हुनेमा धरान १४ की यशोदा श्रेष्ठलगायत छन् । अन्य ४ जनाको सनाखत भएको छैन ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०८२ १९:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

