Harsamaya
बस दुर्घटनामा २५ जना घाइते
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

नवलपरासी - नवलपरासी पूर्वमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

जिल्लाको कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार आज बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको थियो ।

दुर्घटनामा बसमा सवार २५ जना सामान्य तथा मध्यम घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update