बाजुरा बस दुर्घटना : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
आइतबार, असार ७, २०८३
महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिँदा दुर्घटना भएको हो ।
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
शनिबार, जेठ ३०, २०८३
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको भने अझै सनाखत हुन सकेको छैन। तीमध्ये एक जना अन्दाजी ६० देखि ६५ वर्ष उमेरका पुरुष र अर्की अन्दाजी ६० देखि ६५ वर्ष उमेरकी महिला रहेको जनाइएको छ।
अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते
मंगलबार, वैशाख २९, २०८३
स्थानीय र प्रहरीले उद्धार जारी रहेको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले बताए । घाइतेलाई उपचारका लागि पाल्पा जिल्ला र अर्घाखाँची अस्पतालमा पठाउने क्रम चलिरहेको छ ।
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
आइतबार, वैशाख २७, २०८३
काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
शनिबार, वैशाख २६, २०८३
घाइतेमध्ये योगमायाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको जनाउँदै उहाँले अन्य घाइतेको नगर अस्पताल गौरादहमा उपचार भइरहेको बताए ।
काठमाडौंबाट वीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त
शनिबार, वैशाख २६, २०८३
केही यात्रुहरूलाई सामान्य चोटपटक लागे पनि कसैलाई पनि अस्पताल भर्ना गर्नुपर्ने गम्भीर अवस्था नरहेको बुझिएको छ ।
तनहुँ बस दुर्घटनामा दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते
शुक्रबार, वैशाख ११, २०८३
त्यस्तै तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको र एक जना सामान्य रहेकाले घर पठाइएको छ । घाइतेमध्ये नौ जना गम्भीर, १४ जना मध्यम र पाँच जना सामान्य रहेका छन् ।
उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते, केहीको अवस्था गम्भीर
सोमबार, फागुन ११, २०८२
घाइतेहरूको उदयपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
धादिङ बस दुर्घटना अपडेट : ११ पुरुष र ६ महिलाको मृत्यु, विदेशी नागरिक पनि घाइते
सोमबार, फागुन ११, २०८२
धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरुको सनाखत हुन बाँकी छ । दुर्घटनामा न्यूजील्याण्डकाका एक विदेशी पर्यटक पनि परेका छन् ।
बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १८ पुग्यो, २५ घाइते
सोमबार, फागुन ११, २०८२
घाइते २५ लाई उपचारको लागि अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन समितिको अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिए । बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते
आइतबार, फागुन १०, २०८२
सबै घाइतेलाई उपचारका लागि चितवन अस्पताल पठाइएको कार्यालयले जनाएको छ ।
रौतहटमा यात्रुवाहक बस दुर्घटना, ९ जना घाइते
शुक्रबार, फागुन ८, २०८२
शुक्रबार गौर नगरपालिका–४ दाल मिल नजिकै चन्द्रपुरबाट गौरतर्फ जाँदै गरेको ना ८ ख ८७७३ नम्बरको बस अनियन्त्रित भई सडक किनारको विद्युत् पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
साताको लोकप्रिय

