Harsamaya
अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते
सांकेतिक तस्वीर : हर समय/Har Samaya

अर्घाखाँची - अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीले बताए । उनका अनुसार दुर्घटनामा उद्धारकार्य चलिरहेको छ । 

स्थानीय र प्रहरीले उद्धार जारी रहेको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले बताए । घाइतेलाई उपचारका लागि पाल्पा जिल्ला र अर्घाखाँची अस्पतालमा पठाउने क्रम चलिरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update