Harsamaya
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिको बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकसहित २२ जना घाइते भएका छन्। उनीहरूको टाउको, हात, खुट्टा, छाती, कम्मरलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइते सबैको जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको छ।

बसमा चालकसहित ४६ जना सवार थिए। दुर्घटनापछि बाँकी २४ यात्रुलाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त बसलाई क्रेनको सहायताले हटाएपछि हुलाकी सडकमा दुवैतर्फ सवारी सञ्चालन पुनः सुचारु भएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update