Harsamaya
बैतडीमा यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - बैतडीमा यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटना बैतडीको पाटन नगरपालिका–९ गैराखानस्थित दशरथचन्द राजमार्गमा भएको हो। धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३९६३ नम्बरको यात्रुबाहक बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य सुरु गरिएको छ। घाइतेहरूको उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update