धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा
काठमाडौं - धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले पदबाट राजीनामा दिएका छन्।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेद्वार बन्ने तयारीमा रहेका साम्पाङले आज आइतबार राजीनामा दिएका हुन ।
उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको बताएका छन् ।
यसअघि आइतबार नै बालेन शाहले काठमाडौं महानगरको प्रमुखबाट राजीनामा दिएका थिए ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०८२ १९:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

