बाजुरामा छतबाट खसेर वृद्धाको मृत्यु
बाजुरा - बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो ।
शुक्रबार साँझ उनी आफ्नै घरको छतबाट खसेकी थिइन् । छिमेकीले उद्धार गरी उनलाई जिल्ला अस्पताल पुर्याएका थिए । चिकित्सकले उनलाई मृत्यु घोषणा गरेका थिए । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: शनिबार, माघ ३, २०८२ १२:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

