फागुन २० गते राष्ट्रियसभाको निर्वाचन गर्ने आयोगको तयारी
शुक्रबार, असार ६, २०८२
प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ । यसैगरी स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले अवगत गराएको छ ।

‘बौद्धिक सम्पत्तिको विषयलाई सरकारले प्राथमिकतामा राखेको छ’
शुक्रबार, असार ६, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बौद्धिक सम्पत्ति अधिकारको विषयलाई महत्वका साथ नीति र कानूनहरुमा राखेको बताएका छन् ।

इरान र इजरायलमा रहेका नेपाली देश फर्कन चाहे सरकारले उद्धार गर्ने
शुक्रबार, असार ६, २०८२
उनका अनुसार नेपालले त्यहाँको अवस्थालाई युद्ध सुरू भएदेखि नै गम्भीर रूपमा हेरिरहेको र यदि कोही नेपालीले स्वदेश फर्कन चाहेमा उनीहरूलाई के कसरी उद्धार गरी ल्याउने भन्ने विषयमा पनि छलफल भएको छ ।

निलो रिबन र कालो लुगामा स्टन्ट गर्नु जरुरी छैन् : बर्तौला (भिडियोसहित)
शुक्रबार, असार ६, २०८२
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा माओवादीसँग भएको सहमतिबाटै समस्याको समाधान हुने स्पष्ट पारे ।

विपद् जोखिम न्यूनिकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्नुपर्ने (भिडियोसहित)
शुक्रबार, असार ६, २०८२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय अन्तरगत भए यसको प्रभावकारिता झन् बढ्ने बताएका छन् ।

जनयुद्धकै कारण नेपाली किसानहरु अधिकार पाए : सांसद बस्नेत (भिडियोसहित)
शुक्रबार, असार ६, २०८२
नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सामन्तवादसँग निर्णायक सम्बन्ध बिच्छेद नगरिकन किसानहरु अधिकार सम्पन्न हुँदैनन् भन्ने कुरा जनयुद्धको व्यवहारले देखाएको बताएका छन् ।

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक
शुक्रबार, असार ६, २०८२
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू सहभागी रहेका छन् ।
![भिजिट भिसामार्फत कमिसन लिने राजनीतिक संरक्षकमाथि छानबिन जरुरी : श्रेष्ठ [भिडियो]](https://www.harsamaya.com/uploads/posts/1600X900/sumana-1745824552.jpg)
भिजिट भिसामार्फत कमिसन लिने राजनीतिक संरक्षकमाथि छानबिन जरुरी : श्रेष्ठ [भिडियो]
शुक्रबार, असार ६, २०८२
सदन बहिष्कारपछि पत्रकारहरूसँग बोल्दै उनले ऋण नै लिएर भएपनि विदेश जानु पर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन् भन्ने उनको प्रश्न थियो । उनले संसदीय छानबिन समिति अथवा उच्च स्तरीय न्यायिक समितिको माग जारी रहने जिकिर गरिन् ।
![‘तत्कालको आवश्यकतालाई ध्यानमा राखेर विधेयक ल्याउनुपर्ने’[भिडियो]](https://www.harsamaya.com/uploads/posts/1600X900/Ajayakumar-chaurasiya-1746264238.jpg)
‘तत्कालको आवश्यकतालाई ध्यानमा राखेर विधेयक ल्याउनुपर्ने’[भिडियो]
शुक्रबार, असार ६, २०८२
उनले भने, ‘केही मुद्दाहरू फिर्ता लिनुपर्ने आवश्यकता छ । राजनीतिक दलहरूको बीचमा छलफल भयो भने खास घटनाका लागि विधेयक ल्याउन सक्छौ । हटाएका धाराहरू छाडेर अघि बढ्दा हुन्छ र राजनीतिक दलहरूको बीचमा सहमति भए तत्कालको आवश्यकतालाई ध्यानमा राखेर व्यवस्था गर्न सकिन्छ ।’
![मन्त्रीहरू उपस्थित नभएसम्म सदन चल्दैन : हितराज पाण्डे [भिडियो]](https://www.harsamaya.com/uploads/posts/1600X900/Hitraj-Pandey-1746786389.jpg)
मन्त्रीहरू उपस्थित नभएसम्म सदन चल्दैन : हितराज पाण्डे [भिडियो]
शुक्रबार, असार ६, २०८२
उनले भने ‘सरकारले सदनलाई धेरै हेप्यो । बारम्बार कार्यसूची आउँछ अनि फेरि हटाइन्छ । कारण मन्त्रीको अनुपस्थिति भनिन्छ । आजपनि मन्त्री छैनन् । मन्त्रीहरू बेगर यो सदन अघि बढ्दैन । नियम अरूले मान्नुपर्ने मन्त्रीहरूले मान्न पर्दैन ? मन्त्रीलाई सुनाउनुपर्ने कुरा मन्त्री नै छैनन् । त्यसैले सरकारको उपस्थिति विना यो सदन...

रास्वपाका सांसदहरु कालो पोशाक र निलो रिबन लगाएर पुगे बानेश्वर
शुक्रबार, असार ६, २०८२
भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै आएका रास्वपा सांसदहरु मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’प्रतिकका रूपमा रहेको जनाएका छन् ।

रास्वपा र राप्रपाका सांसदहरूले सदन छाडे
शुक्रबार, असार ६, २०८२
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन हुनुपर्ने माग गर्दै उनीहरूले लगातार विरोध गर्दै आएका छन् ।

रास्वपा र राप्रपाको विरोधपछि प्रधानमन्त्रीसँग प्रश्नोतर कार्यक्रम स्थगित
शुक्रबार, असार ६, २०८२
सो अघि सभामुख घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरिरहेका छन् । तर, रास्वपा र राप्रपाले भने त्यसलाई अस्वीकार गरेका छन् ।
साताको लोकप्रिय