Harsamaya
हिजो स्थगित भएको रास्वपाको बन्द सत्र आजबाट सुरू हुने
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्र हल ।

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्र आजबाटट सुरू हुने भएको छ।  

हिजोबाट नै सुरू हुने भनिएको बन्द सत्र प्रतिनिधि चयन र प्रतिनिधि पासमा समस्या देखिएकाले सम्भवः नभए पछि एकदिन ढिलो गरी आजबाट सुरू हुन लागेको हो । 

पार्टीको प्रतिनिधि व्यवस्थापन उपसमितिले मंगलबार एक सूचना जारी गर्दै महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने तथा प्रतिनिधि कार्ड छपाइ गर्ने कार्यमा सोचेभन्दा बढी समय लागेकाले हिजोको कार्यक्रम स्थगित गर्नुपरेको जानकारी दिएको थियो । 

जारी सूचनाअनुसार हिजो साँझ ७ बजेदेखि नै प्रिन्ट भइसकेका प्रतिनिधि कार्ड वितरण सुरु भइसकेको र थप प्रतिनिधिको बाँकी कार्डहरू आज बिहान ७ बजेदेखि वितरण गरिने जनाइएको छ। सबै प्रतिनिधिहरूले कार्ड प्राप्त गरिसके पछि मात्र बन्दसत्रको औपचारिक कार्यक्रम सुरु हुनेछ। 

बन्द सत्रमा ५ वटा प्रतिवेदन प्रस्तुत हुने भएको छ ।  

जसअनुसार सभापति रवि लामिछानेले राजनीतिक प्रतिबेदन, महामन्त्रीद्दय कबिन्द्र बुर्लाकोटी र भुपदेश शाहले सांगठानिक प्रतिबेदन प्रस्तुत गरिनेछ । 

साथै, लेखा प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारी, निर्वाचन आयोगको प्रतिवेदन पार्टी निर्वाचन आयोगका प्रमुख भुवन केसी र अनुशासन आयोगको प्रतिवेदन आयोगका प्रमुख रमाकान्त रिमाल प्रस्तुत गर्ने कार्यपालिका रहेको महामन्त्री भुपदेव शाहले जानकारी दिए ।

गत असार ६ गते महाधिवेसनस्थल चितवनमा बसेको यस कार्यकालको अन्तिम केन्द्रिय समिति बैठकले ५ वटै प्रतिवेदन पारित गरेर महाधिवेसनमा प्रस्तुत गर्ने निर्णय लिईसकेको छ ।   

महाधिवेसनमा २५ सय प्रतिनिधि सहभागी हुदैँछन्, जसमध्ये २ सय जना विभिन्न देशमा रहेका प्रवासी नेपालीको प्रतिनिधित्व हुनेछ । महाधिवेसनमा कम्तिमा ४ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update