Harsamaya
आज बागमती प्रदेशसभा बैठक बस्दै
आज बागमती प्रदेशसभा बैठक बस्दै यही असार १ गते बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रदेशसभा समक्ष प्रस्ताव गरेका थिए । सो बजेटमाथि असार २० गतेदेखि प्रदेशसभा बैठकमा छलफल जारी...
दुई वटा संसदीय समितिको बैठक बस्दै
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहान ८ बजे बस्ने  संसदीय सुनुवाइ समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी गत असार १६ देखि सुरु भएको बैठक आज पनि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।बैठकमा विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको छ ।
अब हुम्ला राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा टाढा छैन : प्रधानमन्त्री ओली
अब हुम्ला राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा टाढा छैन : प्रधानमन्त्री ओली हुम्ला राष्ट्रिय सडक सञ्जालमा मात्र जोडिएको छैन हुम्ला समृद्धको बाटो समेत औपचारिक रूपमा खुलेको छ’, पुल उद्घाटनका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ’हुम्ला अब उत्तर दक्षिण मार्गले जोडिने जिल्ला मात्र नभएर हुम्ला पश्चिम नेपालको रणनीतिक महत्त्व बोकेको जिल्लाका रूपमा समेत स्थापित भएको छ ।
आज प्रतिनिधिसभाको बैठक  बस्दै, राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने
आज प्रतिनिधिसभाको बैठक बस्दै, राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने यसै गरी आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् भने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको जनाएको छ ।
नेकपा एसको सचिवालय बैठक मंगलबार पुन : बस्ने (भिडियोसहित)
नेकपा एसको सचिवालय बैठक मंगलबार पुन : बस्ने (भिडियोसहित) नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक मंगलबार पुनः बस्नेगरि स्थगित भएको छ ।
शेरबहादुरजीले धेरै हँसिया बनाउनुभयो, तर घाँस काटेन : डा.चन्द्र भण्डारी (भिडियोसहित)
शेरबहादुरजीले धेरै हँसिया बनाउनुभयो, तर घाँस काटेन : डा.चन्द्र भण्डारी (भिडियोसहित) नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा.चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको टिप्पणी गरेका छन् ।
विमलेन्द्र निधिमाथि किन खनिए एमाले नेता रघुवीर महासेठ ? [भिडियो]
विमलेन्द्र निधिमाथि किन खनिए एमाले नेता रघुवीर महासेठ ? [भिडियो] राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा आफ्नो र आफ्नो पत्नी जुली महतोले अवरोध गरेको भन्दै शनिबार (हिजो) नेता निधिले जनकपुरधाममा पत्रकार सम्मेलन मार्फत जानकारी दिएका थिए । 
बेरुजू आउनै नदिनेगरी काम गर्न जरुरी  : सभामुख घिमिरे [भिडियो]
बेरुजू आउनै नदिनेगरी काम गर्न जरुरी  : सभामुख घिमिरे [भिडियो] उनले सुशासन, समृद्धि, सुख ,समृद्धि र समानताको मुख्य आधार भनेको नै आर्थिक स्थितिले तय गर्ने धारणा राखे । यस कारण अर्थतन्त्रलाई कसरी दरिलो बनाएर सहि प्रणालीबाट लैजान सकिन्छ भन्ने विषयमा ध्यान जान जरुरी रहेको उनले बताए । 
तरुण दल जुम्लाले श्रावणको ९ गते जिल्ला अधिवेशन गर्ने
तरुण दल जुम्लाले श्रावणको ९ गते जिल्ला अधिवेशन गर्ने नेपाल तरुण दलले श्रावण ९ गते जुम्लाको खलंगामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
‘माओवादीले संसदीय व्यवस्थालाई अझ कुरुप बनाउने काम गरेको छ ’
‘माओवादीले संसदीय व्यवस्थालाई अझ कुरुप बनाउने काम गरेको छ ’ उनले भने, ‘माओवादी चुनावमा एउटा दलसँग गठबन्धन गर्छ । सरकार बनाउन अर्को गठबन्धन र सरकार फेर्न फेरि अर्को गठबन्धन गर्छ । साना दलहरूलाई प्रयोग गर्छ । 
विभिन्न आठ वटा संसदीय समितिको बैठक बस्दै ,यस्तो छन् कार्यसूची
विभिन्न आठ वटा संसदीय समितिको बैठक बस्दै ,यस्तो छन् कार्यसूची सङ्घीय संसद्का विभिन्न आठ वटा समितिका बैठक आज बस्दैछन् ।
Weather Update