
काठमाडौं - बागमती प्रदेशसभा बैठक आज बस्दै छ । बैठकमा बागमती प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल जारी राख्ने कार्यसूची रहेको छ ।
यही असार १ गते बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रदेशसभा समक्ष प्रस्ताव गरेका थिए । सो बजेटमाथि असार २० गतेदेखि प्रदेशसभा बैठकमा छलफल जारी छ ।
आइतबार बसेको प्रदेशसभा बैठकमा २३ जना प्रदेशसभा सदस्यहरूले सरकारद्वारा प्रस्तुत बजेटमाथि आफ्ना धारणा राखेका थिए । बोल्न बाँकी प्रदेशसभा सदस्यहरूले आज सोमबार धारणा राख्ने छन् ।
बजेट वक्तव्यमाथि छलफल गरेर विनियोजन विधेयक पेस गरे पनि प्रतिपक्षी दलले बजेटको पूरक प्रस्ताव माग गरेपछि स्थगित भएको थियो ।