Harsamaya
इन्द्रावती–४ मा रास्वापाको कार्यसमिति विस्तार, भोजबहादुर तामाङ सभापति चयन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले इन्द्रावती गाउँपालिका–४ मा वडा स्तरीय भेला ।

सिन्धुपाल्चोक - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले इन्द्रावती गाउँपालिका–४ मा वडा स्तरीय भेला सम्पन्न गरी कार्यसमिति विस्तार गरेको छ। शनिबार नवलपुरमा आयोजित भेलाले वडा ४ को सभापतिमा भोजबहादुर तामाङलाई सर्वसम्मत चयन गरेको हो।

सचिवमा सञ्चबहादुर तामाङ चयन भएका छन् भने सदस्यमा मानबहादुर तामाङ, पशुपति नकर्मी, सोमबहादुर तामाङ, फूलमाया तामाङ, पाल्देन लामा र पारस तामाङ चयन गरिएको छ। उपसभापति भने पछि मनोनित गर्ने निर्णय गरिएको छ।

वडा भेलामा रास्वापाका जिल्ला सभापति माया गुरुङ, सचिव चक्रपाणी सिग्देल, कोषाध्यक्ष दिल्लिराम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update