दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं - संघीय संसद अन्तर्गत विभिन्न दुई वटा समितिको बैठक आज बस्दै छ । बिहान ८ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक– २०८१ माथि सैद्धान्तिक छलफल गरिने कार्यसूची छ ।
प्रकाशित मिति: सोमबार, असार २३, २०८२ ०७:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय