‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’ (भिडियोसहित)
सोमबार, असार २३, २०८२
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको सरकार कांग्रेस र एमालेबीचको बलियो समझदारीको आधारमा बनेको स्पष्ट पारेका छन् ।

गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटबार्ता
सोमबार, असार २३, २०८२
गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिस बीच सोमबार भेटबार्ता भएको छ ।

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी
सोमबार, असार २३, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराएका छन् ।

असार लागेपछि नेपालमा मल र मन्त्री हराउने स्थिति छ : गोकुल बाँस्कोटा (भिडियोसहित)
सोमबार, असार २३, २०८२
नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरिएको बताएका छन् ।

भिजिट भिसा काण्डमा संसदीय छानबिन गर्न राप्रपाको माग (भिडियोसहित)
सोमबार, असार २३, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै सोमबार पुनः प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ ।

प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशममन्त्रीको भेट
सोमबार, असार २३, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गरेका छन् ।

मन्त्री पाण्डे फ्रान्स प्रस्थान, तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गराउने
सोमबार, असार २३, २०८२
पेरिसमा आयोजना हुने उक्त बैठकमा मन्त्री पाण्डेले कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
सोमबार, असार २३, २०८२
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने, सभामुख घिमिरेले संघीय निजामती सेवा विधेयको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन भएको औपचारिक जानकारी दिने लगायतको कार्यसूची छ ।

आज बागमती प्रदेशसभा बैठक बस्दै
सोमबार, असार २३, २०८२
यही असार १ गते बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रदेशसभा समक्ष प्रस्ताव गरेका थिए । सो बजेटमाथि असार २० गतेदेखि प्रदेशसभा बैठकमा छलफल जारी...

दुई वटा संसदीय समितिको बैठक बस्दै
सोमबार, असार २३, २०८२
बिहान ८ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी
सोमबार, असार २३, २०८२
गत असार १६ देखि सुरु भएको बैठक आज पनि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।बैठकमा विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको छ ।

अब हुम्ला राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा टाढा छैन : प्रधानमन्त्री ओली
सोमबार, असार २३, २०८२
हुम्ला राष्ट्रिय सडक सञ्जालमा मात्र जोडिएको छैन हुम्ला समृद्धको बाटो समेत औपचारिक रूपमा खुलेको छ’, पुल उद्घाटनका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ’हुम्ला अब उत्तर दक्षिण मार्गले जोडिने जिल्ला मात्र नभएर हुम्ला पश्चिम नेपालको रणनीतिक महत्त्व बोकेको जिल्लाका रूपमा समेत स्थापित भएको छ ।

आज प्रतिनिधिसभाको बैठक बस्दै, राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने
सोमबार, असार २३, २०८२
यसै गरी आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् भने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको जनाएको छ ।
साताको लोकप्रिय