Harsamaya
देउवाको स्वागतमा एयरपोर्ट पु्ग्न नेविसंघले अपिल
नेपाल विद्यार्थी संघ ।

काठमाडौं - नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपश्चात् स्वदेश फर्किन लागेकाले नेपाल विद्यार्थी संघले स्वागतका लागि आफ्ना सम्पूर्ण सदस्यलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आह्वान गरेको छ।

नेविसंघका मुख्य सचिव विजय खड्काले जारी गरेको निमन्त्रणाअनुसार श्रावण २८ गते बिहीबार बिहान ११ बजे विमानस्थलमा स्वागत कार्यक्रम आयोजना गरिएको हो।

संघले देउवाको स्वागतका लागि प्रदेश, जिल्ला, विश्वविद्यालय समिति, स्ववियु सभापति तथा पदाधिकारी, क्याम्पस इकाइ, सिटिइभिटी समिति तथा प्राविधिक विद्यार्थी परिषद्का सम्पूर्ण पदाधिकारी र सदस्यलाई उपस्थित हुन आग्रह गरेको छ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update