Harsamaya
साउन २९ को भेलामा सहभागी हुँदै डा. शेखर कोइराला
 नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला ।

काठमाडौं -  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला आगामी २०८३ साउन २९ गते आयोजना हुने भेलाको उद्घाटन समारोहमा सहभागी हुने भएका छन्।

उक्त भेला पार्टी विभाजन गर्ने उद्देश्यले आयोजना नगरिएकाले डा. कोइराला सहभागी भएर पार्टी एकताका लागि आव्हान गर्ने बताइएको छ।

कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद र असमझदारीका बीच आयोजना हुन लागेको भेलामा डा. कोइरालाको सहभागितालाई पार्टी एकताको सन्देशका रूपमा हेरिएको छ।

 भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई विभाजनतर्फ नभई एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिने तयारी रहेको बताइएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १४:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update