Harsamaya
आज प्रतिनिधिसभाको बैठक  बस्दै, राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने
प्रतिनिधिसभा बैठक।

काठमाडौं - संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  आज अपराह्न १:०० बजे बस्ने बैठकमा  प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ ।

यस्तै ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल गर्ने कार्यसूची रहेको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ । 

यसै गरी आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् भने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको जनाएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ०६:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update