एमालेको केन्द्रीय कमिटी बैठक आजपनि
मंगलबार, साउन ६, २०८२
सोमबारको बैठकमा भदौमा हुने विधान महाधिवेशनको प्रतिवेदनमाथि ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए भने बाँकी सदस्य आज आफ्नो धारणा राख्ने कार्यक्रम छ ।
आज राष्ट्रिय सभाको बैठक बस्दै
मंगलबार, साउन ६, २०८२
आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि तय भएको छ ।
आज तीन वटा समितिको बैठक बस्दै
मंगलबार, साउन ६, २०८२
साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची रहेको छ । बैठक दिनको ३ बजे समितिको बैठक कक्षमा बस्दैँ छ ।
‘काङ्ग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यक’ [भिडियो]
सोमबार, साउन ५, २०८२
सोमबार नेपाली काङ्ग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले पुस्तकालय स्थापना र सञ्चालनमा सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र वितरण गर्न आयोजित कार्यक्रममा उनले काङ्ग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यक रहेको भन्दै त्यसको लागि पुस्तकालयको पनि भूमिका हुने बताए ।
‘विद्या भण्डारीको आग्रहमा भेट भएको हो, पार्टीभित्र मतभेद छैन’ [भिडियो]
सोमबार, साउन ५, २०८२
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने विषयमा आफ्नो तर्फबाट अहिले चलिरहेको अभ्यासबारे स्पष्ट दृष्टिकोण राखेको बताउँदै उनले पार्टी सदस्यताका विषयमा पनि धेरै विवाद गर्नुपर्ने नभएकाले आवश्यक छलफल गरेर केन्द्रीय कमिटीबाटै निर्णय लिने बताए ।
कांग्रेस पूरानो र मूल्यहीन भयो भन्ने भाष्यलाई चिर्न जरुरी छ : महामन्त्री थापा [भिडियो]
सोमबार, साउन ५, २०८२
समाजमा स्थापित गर्न खोजिएको कांग्रेस पूरानो भयो भन्ने नकारात्मक भाष्यबाट बाहिर निकाल्नु जरुरी रहेको उनको भनाइ थियो । सँगै नयाँ परिवेश र नयाँ कुरा सिकेर कांग्रेस अघि बढिरहेको उनको भनाइ थियो ।
गठबन्धनको भावना अनुसार सरकारले काम गर्नुपर्ने कांग्रेस नेताहरुको निष्कर्ष [भिडियो]
सोमबार, साउन ५, २०८२
साथै उनले आजको बैठकको निष्कर्ष मन्त्री सिंहले प्रधानमन्त्री केपी ओलीसँग पनि कुरा गर्ने बताए । गठबन्धन निर्माण हुँदा सहमति अनुसार दुई दलबीच भएको संविधान संशोधनको विषय अगाडि नबढेको समेत बैठकले निष्कर्ष निकालेको छ ।
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै
सोमबार, साउन ५, २०८२
बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिपोर्टिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
तीन वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची
सोमबार, साउन ५, २०८२
प्रतिनिधि सभाका महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभाका विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।
राष्ट्रिय विधि, विज्ञान प्रयोगशालालाई सरकारले सहयोग गर्छ, हस्तक्षेप गर्दैन : मन्त्री पन्त (भिडियोसहित)
आइतबार, साउन ४, २०८२
शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा सरकारले लगानी गरेपनि प्रयोगशालाको दैनिक काममा मन्त्रालयको हस्तक्षेप नरहने बताएका छन् ।
पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किनु उचित नभए नवीकरण भएपनि निष्क्रिय हुन्छ - योगेश भट्टराई [भिडियो]
आइतबार, साउन ४, २०८२
उनले भने, ‘हाम्रो केन्द्रीय सचिवालयको बैठक र पोलिटब्यूरो सदस्यहरूको बैठकमा पार्टीका नेताहरुले आफ्नो कुरा राखे । अहिलेको बहस पूर्वराष्ट्रपतिज्यू पार्टीको सक्रिय राजनीतिमा फर्कने र पार्टीमा भुमिका खेल्ने कुरामा प्रधानमन्त्री एवं पार्टी अध्यक्षबीच छलफल हुनुपर्छ भन्ने आएपछि आजको भेटघाट त्यसैको पृष्ठभुमि हो । यो भेटघाट नेकपा एमालेको लागि महत्वपूर्ण छ ।’
नेपालमा मानव अधिकार सम्बन्धी कानुन निर्माण भइसकेको छ : मन्त्री चौरसिया (भिडियोसहित)
आइतबार, साउन ४, २०८२
कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबार बसेको बैठकमा विश्वव्यापी आवाधिक समीक्षा सम्बन्धमा छलफल भएको छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिसँग सो विषयमा छलफल गरिएको हो ।
एमालेले कुलिङ पिरियड हटाउन संशोधन हाल्नु आपत्तिजनक - डा.शेखर
आइतबार, साउन ४, २०८२
‘नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न । कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही दुविधामा नपरे हुन्छ’, उनले लेखेका छन् ।
साताको लोकप्रिय

