कांग्रेस केन्द्रीय समिति बैठक असोज २६ मा

ललितपुर - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ मा बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाले असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाएको जानकारी दिए ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए ।
प्रकाशित मिति: शनिबार, असोज ११, २०८२ २१:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय