कीर्तिपुरमा कारमा आगलागी, चालकको जलेर मृत्यु
काठमाडौं - काठमाडौंको कीर्तिपुर नगरपालिका–स्थित ट्याङ्लाफाँटको चाँदनी चोक नजिक मंगलबार बा ५ च ३०३८ नम्बरको किया कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार आगो लागेपछि चालक गाडीबाट बाहिर निस्कन नसकी गाडीभित्रै जलेका हुन्। उनी सिट बेल्ट बाँधेको अवस्थामै मृत फेला परेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र प्रहरीले फायर एक्स्टिङ्गुइसर प्रयोग गरी आगो नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए। त्यसपछि दमकल घटनास्थलमा पुगेर आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो।
मृतक चालकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। कारमा आगलागी हुनुको कारण पनि
प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३ १२:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

