Harsamaya
देउवाका सासु ससुराको घरमा पनि सीआईबीको छापा

काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका सासु ससुरा बस्ने घरमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ । यसअघि सिआईबीले निवर्तमान परराष्ट्र मन्त्री आरजु राणा देउवाकी भाइ भूषण राणाको घरमा पनि छापा मारेको थियो । 

छापा मार्ने क्रममा भूषण  घरमा थिएनन् भने  बुवा आमा भने घरमै थिए । उनीहरूको घरमा प्रहरीले छुट्टाछुट्टै छापा मारेको हो । शङ्कास्पद नगद वा अन्य केही कागजात रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।

तर, खानतलासीका क्रममा प्रहरीले कुनै पनि शङ्कास्पद वस्तु फेला पार्न सकेन । सीआईबीले वडाध्यक्षसहितको रोहवरमा मुचुल्का समेत उठाएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update