देउवा र उनकी धर्मपत्नी डा.आरजु देउवामाथिको कुटपिटको देउवा समाजद्धारा निन्दा
बुधबार, भदौ २५, २०८२
देउवा सेवा समाज धनगढीले विज्ञप्ति जारी गर्दै शेरबहादुर देउवा जीवनभर प्रजातन्त्रका लागि समर्पित व्यक्ति भएको भन्दै उनीमाथिको आक्रमणलाई आपराधिक मानसिकता बोकेको समूहको कार्यको संज्ञा दिएको छ

विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँ : परराष्ट्रमन्त्री राणा
सोमबार, भदौ २, २०८२
उनले लेखेकी छन्, ‘परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेकी हुँ । यो एक वर्ष म उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरूमा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी छु ।’

परराष्ट्र मन्त्री आरजु राणा रोम जाँदै
शुक्रबार, असार १३, २०८२
परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलन शनिबारदेखि बिहीबारसम्म हुनेछ । राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

इरानमा रहेका १६ नेपाली नागरिकमध्ये ५ जना जेलमा, ११ जना भारतले गर्यो उद्धार
सोमबार, असार ९, २०८२
११ जना मसाद भन्ने स्थानमा हुनुहुन्छ । ५ जना भने गैर कानुनी रूपमा गएकाले इरानको जेलमा हुनुहुन्छ,’ राणाले भनिन् । उनले मंगलबार भारतीय विमानमा ११ जना भारतसम्म आइपुग्ने जानकारी समेत संसदलाई दिइन् ।

इरानमा रहेका नेपालीलाई भारतीय दूतावासले उद्धार गरिदिने
शनिबार, असार ७, २०८२
यस प्रयोजनका लागि मन्त्री डा राणाले भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिएकी थिइन् । इरानस्थित भारतीय दूतावासले नेपालको अनुरोध स्वीकार गरेपछि आजै परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरूलाई सम्पर्क गरी भारतीय दूतावासको सम्पर्कमा जान भनेको र इरानस्थित भारतीय दूतावासले पनि सो सूचना जारी गरेको...

सरकार परिवर्तनको हल्लाले चकित बनायो : मन्त्री डा.राणा
शुक्रबार, वैशाख १२, २०८२
‘देशमा रमाइलोका लागि यस्तो खबरहरू आउने गर्छ । अरू केही नभएपछि सरकार परिवर्तनको हल्ला आउँछ । सरकार बदल्नको लागि नेपालभित्र बसेर गर्नुपर्ने होला विदेश गएर यहाँको सरकार परिवर्तन हुँदैन,’उनले भनिन् ।

कतारका विदेशमन्त्रीलाई आरजुको आग्रह - विपिनको रिहाइका लागि सहयोग गरिदिनूस्
आइतबार, फागुन ४, २०८१
केही समय अघि पनि मन्त्री डा देउवाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् । खुलाइफी इजरायल सरकार र हमासबीचको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।

परराष्ट्रमन्त्री राणाद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली अर्पण
बिहीबार, पुस १८, २०८१
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।पूर्वराजदूत शाहको ९२ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो ।
मन्त्री डा राणाले आज दिउँसो काठमाडौंको कालिमाटीस्थित स्वर्गीय शाहको निवासमा पुगेर उनको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली दिएकी हुन ।
साताको लोकप्रिय