परराष्ट्र मन्त्री आरजु राणा रोम जाँदै

काठमाडौं - परराष्ट्र मन्त्री आरजु राणा देउवा आज इटलीको राजधानी रोम जाँदै छिन् । खाद्य तथा कृषि संगठन एफएओको ४४ औँ सम्मेलनमा भाग लिन मन्त्री राणा आज रोम जान लागेकी हुन् ।
परराष्ट्र मन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी र परराष्ट्र मन्त्रालयकै केही कर्मचारीहरू सहभागी हुने छन् । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलन शनिबारदेखि बिहीबारसम्म हुनेछ । राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२ ०९:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय