देउवा दम्पती उपचारको लागि सिंगापुर प्रस्थान
काठमाडौं - नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । जेनजी आन्दोलनमा प्रदर्शनकारीको कुटपिटबाट गम्भीर घाइते भएका देउवा पत्नी आरजु राणा देउवासहित थप उपचारका लागि सिंगापुर गएका हुन् ।
जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर उनीहरूलाई नेपाली सेनाको सैनिक अस्पताल छाउनीमा पुर्याएका थिए ।
जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई सोही दिन कार्यवाहक सभापति तोकेका थिए । यसअघि पनि देउवा दम्पती उपचारका लागि सिंगापुर पुगिरहेका हुन्थे ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२ ०७:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

