Harsamaya
एमालेले भन्यो - सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढ्यो
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक ।

भक्तपुर - नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सम्पन्न भएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढ्न नहुने निष्कर्ष निकालेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उनले राजनीतिक दलसँग वर्तमान सरकारले कुनै समन्वय नगरी निषेध गर्न खोजेको ठहर गरेको बताए । 

यस्तै, पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जनामाथि काठमाडौँ उपत्यका छोड्न र विदेश जान नपाउने गरी सरकारले गरेको निर्णयप्रति बैठकले आपत्ति जनाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

एमालेले  दसैँलगत्तै असोज १९ र २० गते पुनः सचिवालय बैठक बसेर थप छलफल गर्ने र असोज २७-२९ मा केन्द्रीय समितिको बैठक बस्ने निर्णय भएको पनि उनले बताए । 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update