निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँच जनालाई विदेश जान रोक

काठमाडौं - भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको विदेश भ्रमणमा रोक लगाएको छ ।
आयोगको असोज १२ को निर्णयबारे जानकारी दिँदै सचिवालयले ओलीसहित , पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश भ्रमणमा रोक लगाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
उनीहरूलाई आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउन सम्बन्धित निकायमा पत्राचार गर्ने जनाएको छ । यसैगरी जाँचबुझ आयोगको काम प्रभावकारी गर्न थप कर्मचारी आवश्यक परेकाले लेखेर पठाउने आयोगले निर्णय गरेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०८२ १८:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय