प्रधानमन्त्रीद्वारा मटिहानीको पुल र प्रसूति गृह भवनको उद्घाटन
शुक्रबार, साउन ९, २०८२
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, श्रममन्त्री शरतसिंह भण्डारी, प्रदेश प्रमुख सावित्री भण्डारी, मुख्यमन्त्री सतिशकुमार सिंह, भौतिक पूर्वाधारमन्त्री सरोज कुमार यादव, शिक्षा मन्त्री रानी शर्मा तिवारीलगायतको उपस्थिति रहेको थियो ।
आयल निगमको इन्धन डिपो मंसिरबाट निर्माण सुरु हुने, दुई वर्ष भित्रमा सकिने (भिडियोसहित)
बिहीबार, साउन ८, २०८२
नेपाल आयल निगम लिमिटेडले हवाई इन्धन डिपो यसै आर्थिक बर्षको मंसिर महिनामा निर्माण कार्य सुरु गरी दुई वर्ष भित्रमा (२०८४ मंसिर) सम्ममा निर्माण सम्पन्न गरी संचालन गर्ने योजना बनाएको छ ।
२ वर्षको ठेक्का लागेको पुल नौ महिनामै तयार, प्रधानमन्त्रीले दिए धन्यवाद
बिहीबार, साउन ८, २०८२
उनले लेखेका छन्,‘हामीले विकासमा खोजेको यस्तै तीव्रता हो । कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल निर्माण सुरु भएको नौ महिनामै सम्पन्न भएको छ । निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाई धन्यवाद !’
चक्रपथको कलंकी–चाबहिल सडक खण्ड विस्तारमा ढिलाइ : यात्रु, व्यवसायी र सवारी चालकहरूलाई सास्ती (भिडियोसहित)
सोमबार, साउन ५, २०८२
चक्रपथ हुँदै दैनिक आवतजावत गर्ने यात्रु मलिकाले भनिन् ‘सडकमा हिँड्न एकदमै गाह्रो छ । मेन रोडबाट हिँड्न खोज्यो भने गाडीले ठोकिदेला कि भन्ने डर, छेउतिर हिँड्न खोज्दा धुलो र खाल्डाखुल्डीको जोखिम छ । एउटा गाडी पास भएपछि त्यस्तो धुलो उठ्छ कि हिँड्नै नसकिने हुन्छ ।’
भौतिक मन्त्रीको दुखेसो: बजेट पर्याप्त नहुँदा सडक निर्माणको काम राम्रो गर्न सकिएन
शुक्रबार, साउन २, २०८२
उनले भने, ‘बाँकी सडकहरु बनाउने काम भइरहेको छ । बजेटको सिमितता सबैलाई थहा नै छ । प्रर्याप्त बजेट राखेर बनाउन सकिरहेका छैनौं । हरेक आर्थिक वर्षमा ५, ६ सय मिटर वा १ किमि बनाउनु पर्ने बाध्यात्मक स्थिति छ ।’
किन भइरहेछ कान्ति लोकपथ बारम्बार अवरुद्ध ?
बिहीबार, साउन १, २०८२
गत जेठदेखि असारसम्म सक्रिय मनसुनसँगै कान्ति लोकपथ सडकका विभिन्न स्थानमा पहिरो र कटानका कारण सवारी आवागमन अवरुद्ध भइरह्यो । यद्यपि सडक आयोजनाको सहयोगमा खुलाउने प्रयासहरू भइरहे पनि यात्रुहरूले जोखिमपूर्ण र कठिन यात्रा गर्नुपरेको छ।
नगढुंगा–मुग्लीन सडकको पूर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न [भिडियो]
बुधबार, असार ३२, २०८२
बजार क्षेत्रमा भने चार देखि ६ लेन सम्म पनि सड्क विस्तार हुने बताइएको छ । गल्छी बैरेनी क्षेत्रमा भने पानी परेपछि एकदमै खाल्डो हुने हिलो हुने भएकाले गत वर्षको हिउँद देखि युद्ध स्तरले काम गरेर धुलो र हिलो मुक्त भएको उनले बताए । यद्यपि, अझैं यसका केही कामहरू बाँकी रहेपनि...
भीषण पहिरो गएको झ्याप्ले खोला क्षेत्रमा पुनर्निर्माण धमाधम
मंगलबार, असार ३१, २०८२
चीनियाँ कम्पनी जियाङसु र नेपाली साझेदार कम्पनी सगुन कन्स्ट्रक्सनले उक्त स्थानमा अहिले पुनर्निर्माणसँगै पहिरो रोकथामको काम समेत गरिरहेको हो । कम्पनीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले सो सड्क खण्डको पहिलो खण्डमा करिब ८० प्रतिशत सड्क कालोपत्रे भइसकेको बताए ।
सवारी चापका कारण नागढुङ्गा–मुग्लिन सडक निर्माणले गति लिन सकेन [भिडियो]
शनिबार, असार २८, २०८२
उनले अबको एक वर्षभित्र बाँकी २७ किलोमिटर पहिलो तहको कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखेका पनि जानकारी दिएका छन् ।
मुस्ताङमा अचानक बाढी आउँदा ६ वटा पुल बगायो, २ वटा पुलमा क्षति (सूचनासहित)
बुधबार, असार २५, २०८२
नेपाल चीन सिमाक्षेत्रबाट अचानक बाढी आउँदा मुस्ताङमा ६ वटा पुल बगाउनुका साथै २ वटा पक्की पुलमा क्षति पुगेको छ ।
नाला–भक्तपुर सडकखण्ड खुल्यो
आइतबार, असार २२, २०८२
शनिबार राति ६ वटा ठूलठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरेपछि आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो ।
प्रधानमन्त्रीले हुम्लामा आज पुल उद्घाटन गर्ने
आइतबार, असार २२, २०८२
४१० किलोमिटर लामो यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्दै वैदेशिक व्यापारमा सहयोग पुर्याउने उनको विश्वास छ ।
१० निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग (सूचीसहित)
शुक्रबार, असार २०, २०८२
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण व्यवसायी र आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।
साताको लोकप्रिय

