डुम्रे–बेँसीसहर सडक आठ घण्टा बन्द हुने
तनहुँ - डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी–तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।
भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म र बेलुका ५ बजेदेखि राति ९ बजेसम्म सडक बन्द हुनेछ । उक्त कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२ ०७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

