यी हुन् बारा, पर्सा र रुपन्देही जान शक्तिकेन्द्र धाइरहेका र आइजिपी कुँवरको भरोसा गरिरहेका एसपी
सोमबार, माघ ७, २०८१
प्रहरी प्रधान कार्यालयले पुस २९ गते २५ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गर्यो।
बढुवा सिफारिसमा परेका प्रहरी उपरीक्षकहरूलाई मंगलबार (भोलि) नभए बुधबार (पर्सी) दर्ज्यानी चिन्ह प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

५२ अर्ब लागतको ‘धौवादी फलाम उद्योग’ द्रुत गतिमा सञ्चालन गर्नुपर्नेमा जोड
सोमबार, माघ ७, २०८१
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले धौवादी फलाम उद्योग सञ्चालनको कार्य द्रुत गतिमा अघि बढाउनुपर्ने बताएका छन ।
पूर्वी नवलपरासीको हुप्सेकोटस्थित उक्त खानी उद्योग सञ्चालनका विषयमा सरकारी तथा निजी क्षेत्रका सरोकारवालासँग गरिएको अन्तरक्रियामा उनले उक्त कम्पनी सञ्चालनका कार्यहरू छिटोछरितो तवरले सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन ।

धरानमा आफ्नै साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ
सोमबार, माघ ७, २०८१
शनिबार बिहान चिया खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा राईमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानले तत्कालै विराटनगरस्थित बिराट नर्सिङ अस्पताल रेफर गरेको थियो ।

पीएम कप महिला क्रिकेटमा कोशीको लगातार दोस्रो जित
सोमबार, माघ ७, २०८१
बलिङतर्फ मधेसका लागि प्रतिमा साहले दुई विकेट हात पारिन् । कोशीकी कप्तान रूविना प्लेयर अफ दी म्याच भइन् । आजै भएको अर्को खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १४ रनले हराएको थियो ।

सुदूरपश्चिम प्रदेशसभाले बनायो ६७ कानुन
सोमबार, माघ ७, २०८१
पहिलो प्रदेशसभाले प्रदेशमा स्थिर सरकार दिन सकेको थियो । विसं २०७९ पछिको दोस्रो प्रदेशसभामा भने पटकपटक सरकारको नेतृत्व परिवर्तन भइसकेको छ । सरकारले प्रदेशसभालाई ‘विजनेश’ दिन नसक्दा कानुन बन्न नसकिरहेको टिप्पणी भइरहेको छ ।

पूर्वमुख्यमन्त्री थापालाई कुटपिट गर्नेमाथि कारबाही हुन्छ : गृहमन्त्री लेखक
सोमबार, माघ ७, २०८१
गृहमन्त्री लेखकले मुलुकमा आर्थिक र व्यावसायिक चलायमान गर्न, विदेशी लगानी भित्र्याउन, सुशासन र पारदर्शिता कायम राख्न, प्रशासन र सार्वजनिक सेवालाई चुस्त एवं दुरुस्त बनाउन सरकारले केही अध्यादेश ल्याएको स्पष्ट पारे ।

ट्रकको ठक्करबाट धरानमा पैदल यात्रीको मृत्यु
सोमबार, माघ ७, २०८१
धरान उपमहानगरपालिका–११ मा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
आज दिउँसो १ बजे धरान–उपमहानगरपालिका–११ स्थित कुर्विता चोकबाट सिमाना चोकतर्फ जाँदै गरेको प्र.१–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा धरान–११ बस्ने ८६ वर्षका वीरबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए...
-1737372295.png)
गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग
सोमबार, माघ ७, २०८१
साथै शुक्रबार बिहान पुनः सुनियोजित तवरले केही अराजक जत्थाले गढीमाई मन्दिर परिसरभित्र छिरी त्यहाँ रहेको दानपेटिका र पङ्खाहरू तोडफोड गरी चरम उद्दण्डता गरेको दृश्यहरू सिसी टिभी फुटेजमा सहजै देखिएको उक्त ज्ञापनपत्रमार्फत जनाइएको छ ।

महोत्तरीको मझौरा गाउँ शौचालयविहीन
सोमबार, माघ ७, २०८१
स्थानीय ६० वर्षीया महिला बासो सदाले आफूहरू सधैँ गाँस, बाँस र कपासकै अभाव रहने गरेकाले शौचालय निर्माण गर्नु धेरै ठूलो कुरा भएको बताए । यस बस्तीका बासिन्दाले दुई छाक राम्ररी खान नपाएको अवस्थामा कहाँबाट शौचालय निर्माण गर्नु उनले प्रतिप्रश्न गरिन् ।

चितवनमा युवकलाई कुट्ने प्रहरी निलम्बित,के थियो घटना ?
सोमबार, माघ ७, २०८१
चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् ।

झापामा अटोरिक्सा र जिप एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
सोमबार, माघ ७, २०८१
मृत्यु हुनेमा अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेलले जानकारी दिए । प्र १–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र.१–०१–००१ ज ३८५१ नंको जिप एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

सशस्त्र प्रहरी दिवसका अवसरमा रक्तदान
सोमबार, माघ ७, २०८१
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेड क्वाटर पर्साले २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा पर्सामा रक्तदान कार्यक्रम गरेको छ । सीमा सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरीले जाडोयाममा पर्सामा रगतको अभावलाई परिपूर्ति गर्नका लागि आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन भएको छ ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले माघ १५ गतेदेखि आइपीओ निष्कासन गर्ने
सोमबार, माघ ७, २०८१
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ १५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको हो कम्पनीले १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको छ ।
साताको लोकप्रिय