
सुर्खेत - रातभरीको अवरल बर्षाका कारण कर्णाली राजमार्गको गगने भीरमा पहिरो खसे पछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
कर्णाली राजमार्गको कालिकोट खण्डको गगने भीरमा मंगलबार राति पहिरो खसे पछि राजमार्ग अवरुद्ध भएको हो ।
असार यता गगने भीरमा २८ पटक पहिरो खसेको छ भने राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ति भोग्नु परेको छ।
वर्षा हुने बित्तिकै गगने भीरमा लेदो र ढुङ्गा खस्ने भएकोले राजमार्ग अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी टेक रावतले बताए।
‘गगने खोलामा नियमित पहिरो गएपछि बटो खुलाउन कठिन भएको छ’ उनले भने, ‘वर्षा रोकिए पछि बाटो खुलाउने गरि पहल भई रहेको छ ।’ बिहानैदेखि राजमार्ग खुलाउन प्रयास गरिए पनि माथिबाट पुन पहिरो खस्न थालेपछि अहिले काम रोकिएको उनले बताए ।
पहिरो पन्छाउन जेसीभी मेसिन लगाइसकेको र वर्षा नरोकिए पछि राजमार्ग खुलाउन समस्या भएको उनको भनाई छ।
राजमार्ग अवरुद्ध भएपछि सुर्खेत जाने गाडी हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका छन्।