मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा
शुक्रबार, असार २७, २०८२
बैठकले सुख्खाग्रस्त मधेश प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।
रामेछापमा सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ
शुक्रबार, असार २७, २०८२
कार्यक्रममा जिल्लाका ३० भन्दा बढी सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले चालु आर्थिक वर्षको हालसम्मको प्रगति, बजेट खर्च, सेवा प्रवाह र योजनाको कार्यान्वयन अवस्थाबारे जानकारी दिएका थिए।
इन्द्रावती गाउँपालिकाको ८४ करोडको बजेटमध्ये ७८ प्रतिशत खर्च
बिहीबार, असार २६, २०८२
इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा स्वीकृत कुल ८४ करोड ६५ लाख रुपैयाँ बजेटमध्ये ७८ दशमलव ३४ प्रतिशत मात्र खर्च गरेको छ।
उच्च अदालत पाटनले १८ महिनाभित्र सबै मुद्दा फर्छ्यौट गर्ने (भिडियोसहित)
बिहीबार, असार २६, २०८२
उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले अदालतको समग्र प्रगती सकारात्मक रहेको बताएका छन् । बिहीबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उनले अदालतले निर्धारित लक्ष्यहरू योजनाअनुसार हासिल गर्दै गएको जानकारी दिएका हुन् ।
सर्लाहीमा मोटरसाइकल दुर्घटना:एकको मृत्यु, एक घाइते
बिहीबार, असार २६, २०८२
सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१४ स्थित हरकठवा–श्रीनगर भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
रौतहटमा पुरुषको शव फेला, नदीमा डुबेर बालक बेपत्ता
बिहीबार, असार २६, २०८२
रौतहटमा एक पुरुषको शव फेला परेको छ भने नदीमा डुबेर एक बालक बेपत्ता भएका छन । दुर्गा भगवती र यमुनामाई गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने झाँझ खोलामा विहीवार पुरुषको शव फेला परेको हो ।
खानेपानी मन्त्री यादवको गृह जिल्लामा पानी अभाव (भिडियोसहित)
बुधबार, असार २५, २०८२
पर्साको वीरगञ्ज महानगरपालिकाको विभिन्न वस्तीमा खानेपानीको अभाव भएपछि वरुण यन्त्र ( दमकल ) बाट वितरण गरिएको छ ।
हराएका व्यक्तिको खोज र उद्धार कार्यलाई निरन्तरता दिने विपद व्यवस्थापन परिषद्को निर्णय (भिडियोसहित)
बुधबार, असार २५, २०८२
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको बैठकले रसुवागढीमा गएको भीषण बाढीका पीडितप्रति श्रद्धाञ्जली प्रकट गर्दै पुनःनिर्माण र राहत कार्यमा जोड दिनका लागि महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।
आफ्नै ससुराको हत्या अभियोगमा ज्वाँई पक्राउ
बुधबार, असार २५, २०८२
प्रारम्भिक अनुसन्धान अनुसार पारिवारिक रिसिवीका कारण महासेठले आफ्ना ससुराको पेट लगायत शरीरका अन्य भागहरूमा ४/५ पटक चक्कु प्रहार गरी फरार भएका थिए । घटनामा प्रयोग भएको चक्कुसमेत धनुषा प्रहरीले बरामद गरेको छ ।
पर्यटकको संख्या बढाउन अयोध्यालाई जनकपुरधामसंग जोड्न आवश्यक : मुख्यमन्त्री सिंह
बुधबार, असार २५, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रमा थप पर्यटक भित्र्याउन अयोध्यालाई जनकपुरधामसंग जोड्न आवश्यक रहेको बताएका छन् ।
दाउन्नेमा बाटो भासिदा नारायणघाट–बुटवल सडक खण्ड बन्द
बुधबार, असार २५, २०८२
नवलपरासी जिल्लाको (बर्दघाट सूस्ता पश्चिम) मा बदर्घाट नगरपालिका ४ अन्तर्गत पर्ने दाउन्ने जंगलको खुर्सानी खोला स्थीत पूर्वपश्चम राजमार्गमा सड्क भासिदा नारायणघाट–बुटवल सडक खण्ड पुर्ण रुपमा बन्द भएको छ ।
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिनेछ : मन्त्री यादव
बुधबार, असार २५, २०८२
खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेशका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको सङ्कट बढेका बेला सबैको सहयोग र समन्वयले मात्रै खानेपानीको समस्या समाधान निकाल्न सकिने बताएका छन् ।
२३ वटा कन्टेनर र ३५ वटा इभीमा क्षति, उतरगयामा पुरुषको खुट्टा भेटियो
मंगलबार, असार २४, २०८२
रसुवामा भोटेकोशीमा आएको बाढीले २३ वटा कन्टेनरमा क्षति पुगेको छ ।
साताको लोकप्रिय

