साफ यू–१९ महिला फुटबलको फाइनलमा भारत र बंगलादेश भिड्दै
कास्की - पोखरामा जारी यू–१९ साफ महिला च्याम्पियनसिपको उपाधिका लागि शनिबार बङ्गलादेश र भारत भिड्नेछन्। खेल पोखरा रङ्गशालामा दिउँसो २ बजे हुनेछ।
बङ्गलादेश तीनै खेल जित्दै शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो भने भारत दुई जितसहित उपविजेता बनेर फाइनलमा प्रवेश गरेको हो।
बङ्गलादेशले पहिलो खेलमा भुटानलाई १२–०, दोस्रो खेलमा भारतलाई २–० र अन्तिम खेलमा घरेलु टोली नेपाललाई ४–० गोलले पराजित गरेको थियो । भारतले पहिलो खेलमा नेपाललाई १–० गोलले हराउँदा दोस्रो खेलमा बङ्गलादेशसँग २–० ले पराजित भयो भने अन्तिम खेलमा भुटानलाई ८–० ले पराजित गरेको थियो ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)को आयोजनामा पोखरामा पहिलोपटक साफ महिला फुटबल आयोजना गरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२ २१:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

