आम जनता सूचनाको हकबाट वन्चित रहेसम्म सुशासन कायम हुन सक्दैन : गृह संचार तथा कानुन मन्त्री लेखी
मंगलबार, भदौ ३, २०८२
मधेश प्रदेशका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले आम नागरिक सूचनाको हकबाट बञ्चित रहेसम्म देशमा सुशासन कायम हुन नसक्ने बताएका छन ।
चितुवा नियन्त्रणमा लिन माग गर्दै प्रशासन घेराउ
सोमबार, भदौ २, २०८२
शुक्रबार साँझ चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका वडा नं १२ भैसाहीमा धान गोड्दै गर्दा ४३ वर्षीया जगतरानी थारूको मृत्यु भएपछि स्थानीयवासी आक्रोसित भएका छन् ।
स्रोत र अवसरको कमीका कारण तामाङ भाषामा काम गर्ने पत्रकारहरू संघर्षरत : उर्जा मन्त्री तामाङ (भिडियोसहित)
आइतबार, भदौ १, २०८२
मन्त्रीले तामाङ पत्रकार संघले हरेक वर्ष प्रदान गर्दै आएको ‘तामाङ मिडिया अवार्ड’लाई पत्रकारितामा तामाङ भाषाको योगदानको कदरको प्रतीक भन्दै सराहना गरे। उनले यसले भाषिक र सांस्कृतिक पहिचानलाई जीवित राख्ने महत्वपूर्ण काम गरिरहेको बताए।
गण्डकी प्रदेशमा आठ सय ११ जनामा डेङ्गु सङ्क्रमण
आइतबार, भदौ १, २०८२
पोखरामा हालसम्म चार सय ३२ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका थिए । डेङ्गु सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो ।
जाजरकोटको रौलाखेत खोलाले सतर्कता तह नाघ्यो, सतर्कता अपनाउन आग्रह
आइतबार, भदौ १, २०८२
जल तथा मौसम विज्ञान विभागले जाजरकोटस्थित नलगाड रौलाखेत जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ ।
बागमती प्रदेश राष्ट्रिय वन विधेयकको संशोधनबारे सुझाव संकलन
आइतबार, भदौ १, २०८२
बागमती प्रदेश राष्ट्रिय वन विधेयकको संशोधनबारे सुझाव संकलन गर्न हेटौँडामा मानव अधिकारकर्मी र पत्रकारबीच छलफल भएको छ ।
कृष्ण जन्मअष्टमी मेलाको विषयलाई लिएर झडप, मेयर साहसहित पाँच घाइते
शनिबार, साउन ३१, २०८२
झडपमा घाइते भएका मेयर साह सहितको गरुडास्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा उपचार भै रहेको छ । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
पूर्वाञ्चलमा एमबीबीएस स्वीकृती कोशीका लागि वास्तविक ‘गेम चेन्जर’- सेनेट सदस्य रञ्जन ओझा (भिडियोसहित)
शनिबार, साउन ३१, २०८२
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमतासहितको एमबीबीएस कार्यक्रम सञ्चालनको स्वीकृति दिएको हो ।
सरकार गठनको सुरुवातमै बागमतीका मुख्यमन्त्री बानियाँ विवादमा, दलितको नाम भजाएर उपेक्षा
शनिबार, साउन ३१, २०८२
सार्वजनिक रुपमा इमान्दारिता र नैतिकताको पक्षधर भन्दै आएका मुख्यमन्त्री बानियाँले आफ्नै अभ्यासमा त्यसको पालना नगरेको भन्दै प्रदेशसभा सदस्यहरूले असन्तुष्टि पोखेका छन् ।
कोशी प्रदेशका कानुनमन्त्री भन्छन : ‘युवाको सक्रियता नै प्रदेशको भविष्य (भिडियोसहित)
शनिबार, साउन ३१, २०८२
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले युवाहरूको सक्रियता र उद्यमशीलता नै प्रदेशको उज्ज्वल भविष्यको आधार भएको बताएका छन् ।
बागमतीको स्वास्थ्य शिक्षा हबतर्फ हेटौंडा : एमबीबीएस पढाइको अनुमति, स्नातकोत्तर तहमा पनि नयाँ कार्यक्रम (भिडियोसहित)
शनिबार, साउन ३१, २०८२
बागमती प्रदेशको राजधानी हेटौंडा स्वास्थ्य शिक्षा हबको दिशामा तीव्रगतिमा अघि बढ्दै गएको छ ।
रसुवाबाट पहिलो पटक मन्त्री बने प्रभात तामाङ
शनिबार, साउन ३१, २०८२
बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा रसुवाका प्रभात तामाङ नियुक्त भएका छन्। मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले शुक्रबार उनलाई सहित अन्य चार जनालाई मन्त्रिपरिषद्मा समावेश गरेका हुन्।
मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरोका कारण सडक अवरुद्ध
शनिबार, साउन ३१, २०८२
त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
साताको लोकप्रिय

