काठमाडौं - प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्कीले १५ हजार ६३६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा कुमारी राईले ९ हजार ८५७ मत प्राप्त गरेकी छन् ।
संखुवासभा - १ को मत अपडेट :-
अर्जुन कुमार कार्की (नेकपा एमाले) = 15,636 (विजयी)
मिङमा शेर्पा (राष्ट्रिय स्वतन्त्र पार्टी) = 15,000
दिपन कुमार श्रेष्ठ (नेपाली कांग्रेस) = 13,271
माकुमारी राई (श्रम संस्कृति पार्टी) = 9,857
सरिता थापा (नेपाली कम्युनिष्ट पार्टी) = 2,812
घनश्याम वालिङ राई (राष्ट्रिय परिवर्तन पार्टी) = 1,352
पुष्प कोईराला (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 265
पदम बहादुर तामाङ (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 199
भरतकुमार राई याक्खा (जनता समाजवादी पार्टी, नेपाल) = 135
हेम कुमार गुरुङ्ग (राष्ट्रिय जनमोर्चा) = 107
कृष्ण बहादुर राई (नेपाली जनश्रमदान संस्कृति पार्टी) = 89
देवेन्द्र कुमार (रिल्ली) घले (मंगोल नेशनल अर्गनाइजेसन) = 63
वासुदेव दाहाल (स्वतन्त्र) = 29
केशरसिं राई (नेपाल जनमुक्ति पार्टी) = 27
रनमाया राई (चाम्लिङ्ग) (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) = 24
राजकुमार लघु (नेपाल मजदुर किसान पार्टी) = 22
जम्मा मतदाता : १,१९,६३० [६२,१७२ पुरुष र ५७,४५८ महिला]

