Harsamaya
काभ्रे-१ मा रास्वपाका मधुकुमार चौलागाईं विजयी
मधुकुमार चौलागाईं ।

काभ्रे - बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित भएका छन् ।

काभ्रेपलाञ्चोक-१ बाट रास्वपाका उमेदवार मधुकुमार चौलागाईं २९ हजार ६१८ मतका साथ विजयी भएका हुन् ।

 उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानले १९ हजार १६६ मत ल्याए । त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दिननाथ गौतमले १४ हजार १८४ मत ल्याउँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अमी लामाले १३ हजार ८१४ मत प्राप्त गरे ।

काभ्रेपलाञ्चोक -१ को मत अपडेट :-
मधु कुमार चौलागाई (राष्ट्रिय स्वतन्त्र पार्टी) = 29,618 (विजयी)
गुणराज मुक्तान (नेपाली कांग्रेस) = 19,166
दिन नाथ गौतम (नेपाली कम्युनिष्ट पार्टी) = 14,184
अमि तामाङ (नेकपा_एमाले) = 13,814
योगेन्द्र लामा (उज्यालो नेपाल पार्टी) = 7,403
नवराज सत्याल (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 699
धिराज लामा (श्रम संस्कृति पार्टी) = 287
राजेश कुमार श्रेष्ठ (स्वतन्त्र) = 169

कमल बहादुर लामा (तामाङ) (मंगोल नेशनल अर्गनाइजेसन) = 156
कान्छा तामाङ (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 149
रत्न लामा (संयुक्त नागरिक पार्टी) = 114
जीवन लामा (स्वतन्त्र) = 94
मान बहादुर तामाङ (जनता समाजवादी पार्टी, नेपाल) = 71
ज्ञानेन्द्र कुमार श्रेष्ठ (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 56
राजु तामाङ (नेपाल मजदुर किसान पार्टी) = 52
बिनोद लामा (समावेशी समाजवादी पार्टी) = 50
भरत तामाङ (नेशनल रिपब्लिक नेपाल) = 35
युवराज चौलागाई (स्वतन्त्र) = 7

जम्मा मतदाता : १,६१,०९९ [८३,७७३ पुरुष र ७७,३२६ महिला]

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update