Harsamaya
मकवानपुर - २ बाट रास्वपाका प्रशान्त उप्रेती विजयी
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेती ।

काठमाडौं - प्रतिनिधिसभा निर्वाचनको मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेती निर्वाचित भएका छन् ।

२०७९ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएर प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक बनेका महेश बर्तौलालाई पराजित गर्दै रास्वपाका उप्रेती निर्वाचित भएका हुन् । 

निर्वाचन आयोगले आइतबार बिहान सार्वजनिक गरेको मतपरिणामअनुसार विजयी भएका रास्वपाका उप्रेतीले ३० हजार ५० मत ल्याएका छन् । यो निर्वाचन क्षेत्रबाट एमालेका बर्तौलाले १८ हजार ८४६ मत ल्याएका छन् । 

यो निर्वाचन क्षेत्रबाट कांग्रेसबाट उम्मेदवार बनेका बुद्ध लामाले १५ हजार ५० मत ल्याएर भने नेकपाका लवशेर विष्टले १२ हजार ४९२ मत ल्याएर चौथो नम्बरमा रहे ।

यहाँ उज्यालो नेपालका प्रविनकुमार स्याङतानले ६ हजार २३६ मत ल्याएका छन् । 

मकवानपुर - २ को मत अपडेट :-
प्रशान्त उप्रेती (राष्ट्रिय स्वतन्त्र पार्टी) = 30,050 ( विजयी)
महेश कुमारवर्तीला (नेकपा एमाले) = 18,846
वुद्ध लामा (नेपाली कांग्रेस) = 15,056 
लव शेर विष्ट (नेपाली कम्युनिष्ट पार्टी) = 12,492 
प्रविन कुमार स्याङतान (उज्यालो नेपाल पार्टी) = 6,237
नेश लामा सिंतान (श्रम संस्कृति पार्टी) = 932 
राम बहादुर थोकर (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 785
राम घलान (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 361

हिरा लाल स्याङतान (मंगोल नेशनल अर्गनाइजेसन) = 260
सितामाया बल (स्वतन्त्र) = 204
निरबहादुर सिन्तान (राष्ट्रिय जनमोर्चा) = 131 
सन्तोष विष्ट (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 72
शुभराज प्रजा (संयुक्त नागरिक पार्टी) = 57
सरोज तामाङ (नेपाल मजदुर किसान पार्टी) = 42
सूर्य राई (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 23
प्रतिक्षा बानिया (स्वतन्त्र) = 21
छविलाल वाईवा (जनता समाजवादी पार्टी_एकल चुनाव चिन्ह)= 15
सूर्य तामाङ (नेशनल रिपब्लिक नेपाल) =  14 
अमृत बल (स्वतन्त्र) = 12
कृष्णराम श्रेष्ठ (स्वतन्त्र) = 7 
रमेश आचार्य (स्वतन्त्र) = 2

जम्मा मतदाता : १,५६,८९८ [८२,३३२ पुरुष र ७४,५६६ महिला]

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update