कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा
बुधबार, माघ ३०, २०८१
कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो ।
निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा
बुधबार, माघ ३०, २०८१
वर्षात्को पानीको निकास नहुँदा वीरगञ्ज महानगरका चार वडाको दुई सय बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । वीरगञ्ज महानगरका वडा नम्बर १७, २४ र २६, २८ का दुई सय बिघा खेतीयोग्य जमिन डुबेको हो ।
पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर
बुधबार, माघ ३०, २०८१
म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ । म्याग्दी, बागलुङ र पुर्वी रुकुममा फैलिएको ढोरपाटन शिकार आरक्षको वार्से व्लकमा पर्ने रुघाचौर पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको हो ।
गोरखामा खेर गइरहेको बाँझो जमिनमा व्यवसायिक ओखरखेती
बुधबार, माघ ३०, २०८१
किसानको आर्थिक आयआर्जन बृद्धि गर्नका लागि सुलिकोट ३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखरखेती सुरु गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख सन्तोष ढकालले जानकारी दिए ।
गाउँघरमा परम्परागत टपरी हराउँदै
बुधबार, माघ ३०, २०८१
उदयपुरको ग्रामिण भेगमा थारु समुदायले विवाह, भोज, भतेरलगायतमा अनिवार्य रुपमा प्रयोग गरिने भर्लाको पातको टपरी प्रयोग गर्ने चलन हराउँदै गएको छ । हिजो आज कृत्रिम टपरी प्रयोग हुन थालेपछि परम्परागत टपरी हराउँदै जान थालेको हो ।
बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ(विज्ञप्तिसहित)
बुधबार, माघ ३०, २०८१
हत्या आरोपमा मृतकका छोरा २९ वर्षीय एडवड राई तथा एडवडकै पत्नी २६ वर्षीया मालती तामाङ (राई), छिमेकी २४ वर्षीय नवीनकुमार राई, २६ वर्षीय निसान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राईलाई प्रहरीले सार्वजनिक गरेको छ।
फागुन ४ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर
बुधबार, माघ ३०, २०८१
आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ। प्रतिनिधिसभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न उत्तरसम्बन्धी कार्यक्रम राखिएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई जानकारी दिए।
पश्चिम नवलपरासीमा वर्षौंदेखि ५० खानेपानी योजना अधुरै
बुधबार, माघ ३०, २०८१
पश्चिम नवलपरासीमा वर्षौंदेखि निर्माण सुरु भएका ५० वटा खानेपानी योजना अझै अधुरै छन्। संघ र प्रदेश सरकारको लगानीमा निर्माण भइरहेका ७२ योजनामध्ये २२ वटा मात्रै सञ्चालनमा छन् भने अन्यको काम सम्पन्न हुन सकेको छैन। तीमध्ये सनई, रगरगञ्ज, गेरमी, पाल्ही, हरपुर खानेपानीलगायतका योजना चार वर्षभन्दा लामो समयदेखि करिब अलपत्र अवस्थामा छन्।
चितुवाको छालासहित युवक पक्राउ
बुधबार, माघ ३०, २०८१
चितुवाको छालासहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी बोगटान गाउँपालिका-३ मेल्टा बस्ने २६ वर्षीय नरेश साउद रहेका छन् ।
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
मंगलबार, माघ २९, २०८१
सर्लाहीको हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आएका छन् । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उनले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गरेका हन्।
रोल्पामा अटो दुर्घटनामा एक जनाको मृत्यु
मंगलबार, माघ २९, २०८१
रोल्पामा अटो दुर्घटना हुँदा वृद्धको ज्यान गएको छ।
चितवनका पाँच पालिकाका किशोरीले लगाए एचपिभी खोप
मंगलबार, माघ २९, २०८१
जिल्लामा रहेका सात पालिकामध्ये पाँच पालिकामा एचपिभी खोप अभियान सम्पन्न भएको छ । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबाहेक अन्य पाँच पालिकामा अभियानअन्तर्गत खोप कार्यक्रम सम्पन्न भएको हो ।
आठ लाखमा बनेको शौचालय एक वर्षमै बन्द
मंगलबार, माघ २९, २०८१
आठ लाख खर्च गरेर बनाएको शौचालय एक वर्षमै बन्द भएको छ । काठमाडौं वडा नम्बर २९ सेतोपुलको मुखैमा बनेको शौचालय प्रयोग भएको एक वर्ष पनि नभइ बन्द भएको हो ।
साताको लोकप्रिय

-1739355467.png)