सिपापोखरेमा गाउँपालिका स्तरीय दोस्रो वडाध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिता हुँदै

सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिका वडा नम्बर -७ को युवा तथा खेलकुद शाखा ले गाउँपालिका स्तरीय दोस्रो वडाध्यक्षकप रनिङ शिल्ड भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
यही असार १२ देखि १४ गतेसम्म चल्ने प्रतियोगिता वडा -७ कै सहिद स्मृति कभर्ड हलमा संचालन हुने वडाध्यक्ष रविन्द्र खातीले बताए। वडाध्यक्ष खाती ले वडा-७ लाई भलिबल को हब बनाउने उदेश्य ले भलिबल प्रतियोगिता गर्न लागेको बताए। प्रतियोगितामा इन्द्रावती गाउँपालिका का १२ वटा वडा बाटै सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
प्रतियोगितामा प्रथम हुनेले ४० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रकाशित मिति: बुधबार, असार ११, २०८२ ०८:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय