३१ दिनको पैदल यात्रा पश्चात काठमाडौं आइपुगेका नवराज बोहरासँग डा.शेखरको विशेष भेट

काठमाडौं - कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ३१ दिनसम्मको कठिन पैदलयात्रा पूरा गरी काठमाडौं आइपुगेका भ्रष्टाचार विरोधी अभियन्ता नवराज बोहराले नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालासँग भेट गरेका छन्।
डा. कोइरालासँगको भेटमा बोहराले देशमा बढ्दो भ्रष्टाचार, शासन प्रणालीको कमजोर कार्यान्वयन र जनतामा फैलिरहेको निराशाको विषयमा गम्भीर छलफल गरेका छन्। भेटघाटका क्रममा कोइरालाले आफू ‘सुशासन’ र ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को पक्षमा रहेकाले बोहराको अभियानमा आफ्नो पुर्ण साथ रहने प्रतिबद्धता जनाए ।
नवराज बोहराको यो संघर्षपूर्ण यात्रा र राजनीतिक तहमा भइरहेको संवादले नेपालको भ्रष्टाचारविरोधी आन्दोलनमा नयाँ आशा सञ्चार गराएको छ।
प्रकाशित मिति: बुधबार, असार ११, २०८२ ११:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय