
कैलाली - लम्कीचुहा नगरपालिकाले विद्यावारिधि (पीएचडी) गर्नेलाई २ लाख उपलब्ध गराउने भएको छ। आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रममा लम्कीचुहा नगरपालिकामा स्थायी बासिन्दा भएकालाई दुई लाख उपलब्ध गर्ने भएको हो ।
नगरपालिकाले उत्कृष्ट सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू पनि ल्याएको छ। उच्च शिक्षामा पहुँच बढाउन तथा एमबिबिएस, होटल म्यानेज्मेन्ट जस्ता विषयमा अध्ययनका लागि प्रदान गरिने अनुदान तथा छात्रवृत्तिलाई निरन्तरता दिएको नगर प्रमुख सुशिला शाहीले जानकारी दिइन् ।
यस्तै नगरपालिकाले नगर अनुदान शिक्षकका तलब र बालविकासतर्फ नगरपालिकाले व्यहोर्ने रकममा १० प्रतिशतले वृद्धि गरेको छ । साथै पोसाक भत्ताबापत उनीहरूले तीन हजार पाउने भएका छन् ।
नगरपालिकाले शिक्षा, युवा तथा खेलकुद शाखाका लागि ११ करोड ४८ लाख बजेट विनियोजन गरेको छ ।