Harsamaya
कञ्चनपुरमा १३ किलो चरेससहित दुई जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

कञ्चनपुर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गजरौलाबाट प्रहरीले १३ किलो ९०५ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ।

शुक्रबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको बोलेरो पिकअप जिप रोकेर जाँच गर्ने क्रममा जिपको अगाडिको बोनटमा सेतो कट्टाभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइराखेको अवस्थामा चरेस फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–१ का २२ वर्षीय जिप चालक कलक धामी र केदारस्युँ गाउँपालिका–७ का ५० वर्षीय करन धामी रहेका छन्।

उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update