डोटी - डोटीको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयका अनुसार खड्काले १४ हजार ८९७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दीपकबहादुर धामी ले १४ हजार ११० मत प्राप्त गरेका छन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार नरेन्द्र खड्काले १३ हजार २७० मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार त्रिलोचन भट्टले पाँच हजार ४१३ मत प्राप्त गरेका छन् ।
मत अपडेट :
भरत बहादुर खड्का (नेपाली कांग्रेस) = 14,897
दीपकबहादुर धामी (नेकपा_एमाले) = 14,110
नरेन्द्र बहादुर खडका (राष्ट्रिय स्वतन्त्र पार्टी) = 13,270
त्रिलोचन भट्ट (नेपाली कम्युनिष्ट पार्टी) = 5,413
खडक वहादुर अग्रवाल (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 594
मणिराज भट्ट (राष्ट्रिय जनमोर्चा) = 417
प्रकास कठायत (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 392
सरस्वती कुमारी पाल मल्ल(मितेरी पार्टी नेपाल) = 43
खगेन्द्र बहादुर शाही (नेपाल मजदुर किसान पार्टी) = 32
जम्मा मतदाता : १२८३९९ [६१५७८ पुरुष र ६६८२१ महिला]






